
नयाँ दिल्ली । भदौ २३
भारतका चर्चित कलाकार जयप्रकाश रेड्डीको साेमबार हृदयघातका कारण निधन भएको छ ।
साउथ इण्डियन तेलुगु चलचित्रका चर्चित कलाकार रेड्डीको निधन भएको हाे ।
उनकाे मंगलबार ७४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको भारतीय मिडियाहरूले जनाएका छन् ।
भारतीय मिडयाले जनाएअनुसार मङ्गलबार बिहान उनी बाथरुममा लडेको अवस्थामा भेटिएका थिए । परिवारिक स्राेतका अनुसार हस्पिटल लैजाने क्रममा उनकाे मृत्यु भएकाे हाे ।
रेड्डी अान्ध्रप्रदेशकाे गुन्टरमा बस्दै आएका थिए । ‘ब्रह्मपुत्रुदू’ चलचित्रबाट फिल्मी करिअर सुरु गरी उनी हास्यचरित्रका अभिनेतासँगै खलनायकको पात्रमा लोकप्रिय थिए ।