
गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पिसिआरको नमूना सङ्कलन गरी प रीक्षण गरिएको थियो । ती मध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा सङ्क्रमण देखिएको छैन । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८०७, निको हुनेको सङ्ख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको छ।