Logo

एघार लाख रुपैयाँ नतिरेको भन्दै नोबेल अस्पतालले रोक्यो शव

                     
Logo 2020-09-08 10:09     Hamro Biratnagar

13

मोरङको  विराटनगरस्थित  नोबेल  शिक्षण  अस्पतालमा  मृत्यु भएका  कोरोना  सङ्क्रमितको  शव  अस्पतालले  उठाउन नदिई  रोकेको छ।

औषधि  र  उपचारको  ११  लाख  रुपैयाँ  तिर्न  बाँकी  रहेको भन्दै  अस्पतालले  सप्तरीको  महुली  गाउँपालिका-६  घर भएका  ६७ वर्षीय  सनमन  सार्कीको  शव  अस्पतालले  रोकेको  हो ।

गत  शनिबा र मृत्यु  भएका  आफ्ना  बाबुको  शव  लैजान नपाएपछि  अन्तिम  संस्कार  गर्नबाट  बञ्चित  भएको  छोरा नविन  अछामीले  बताएका  छन् ।

उच्च रक्तचापबाट पीडित सनमनलाई चैत ५ गते अस्पताल भर्ना गरिएकोमा २५ दिन आईसीयू र चार दिन भेन्टिलेटरमा राखिएको थियो ।

उपचारबापत पाँच लाख र औषधिको ६ लाख गरी कुल ११ लाख रुपैयाँ बाँकी रहेकाले यति ठूलो रकमको निर्णय अस्पतालका  अध्यक्ष  डा. सुनिल  शर्माले  मात्र  गर्न  सक्ने अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

छोरा नविनका अनुसार अस्पतालले घरजग्गा धरौटी राखेर पैसाअसुल्न  खोजेपनि  सुकुम्बासी  जग्गा  भएकाले  सो  सम्भव नभएको हो ।

आफूहरु  गरिब  भएकाले  बाफुको  अन्तिम  संस्कार  गर्न नपाएको  भन्दै  उनले  सहयोग  गर्न  सबैसँग  आग्रह  गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?