Logo

राजश्व संकलन काउन्टर खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

                     
Logo 2020-09-08 08:09     Hamro Biratnagar

13

राजश्व  संकलन  गर्ने  कार्यलाई  तिव्रता  दिन  नेपाल  राष्ट्र बैंकले  आफ्ना  सबै  राजश्व  संकलन  गर्ने  काउन्टर  खोली सेवा  प्रवाह  गर्न  बैंक  तथा  वित्तीय  संस्थाहरुलाई   निर्देशन दिएको  छ ।

लकडाउन  र  निषेधाज्ञाका  कारण  बैंकहरुले  सिमित काउन्टरबाट  मात्र  सेवा  दिइरहेका  बेला  राष्ट्र  बैंकले ' क',' ख' र 'ग'  वर्गका  बैंकलाई  राजश्व  संकलन  तथा  क्लियरिङ काउन्टर  र  नेपाल  क्लियरिङ  हाउस  लिमिटेडको  कार्यालय भदौ  २५  गतेसम्म  खुल्ला  राख्न  भन्दै  हिजो  सोमबार  सूचना  जारी  गरेको  हो।


लोकप्रिय छुटाउनुभयो कि ?