Logo

इटहरीमा प्रशासनको अनुमतिसँगै बजार खुल्ने समय बढाइयो

                     
Logo 2020-09-07 05:09     Hamro Biratnagar

13

लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञाका कारण बजार बन्द हुँदा समस्या बढ्दै गएपछि सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा दिउँसो १ बजेसम्म बजार खुल्न थालेको छ ।

गत भदौ १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा यथावत रहेको र बजार बिहान सात बजेदेखि १० बजेसम्म मात्र खुल्दै आएकोमा व्यवसायीले समय अपुग भएको गुनासो गरेका थिए ।

यसै गुनासोलाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ इटहरीले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई समय थपिदिन अनुरोध गरेपछि प्रशासनले आजबाट दिउँसो एक बजेसम्म बजार खोल्ने अनुमति दिएको हो ।

प्रशासनको अनुमतिसँगै आजदेखि इटहरी क्षेत्रमा दिउँसो एक बजेसम्म बजार खोल्न सुरु गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी बजार पसल सञ्चालन हुनेछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?