
विराटनगर । भदाै २२
युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गौशालाका प्रहरी जवान उपेन्द्र सिंह पक्राऊ परेका छन् । दार्चुला घर भई हाल महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान सिंहलाई हिरासतमा लिइएको छ ।
२१ वर्षीय युवतीले दिएको किटानीलाई मध्यनजर गर्दै सिंहलाई हिरासतमा लिएको गौशाला प्रहरी कार्यालयका नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले बताए ।
बिहीबार बनस्थलीस्थित आफ्नै घरमा आएर बलत्कार गर्न खोजेको भन्दै पिडित युवतीले किटानी जाहेरी गरेको आधारमा सिंहलाई पक्राऊ गरिएको डीएसपी बस्नेतले जानकारी दिए।