
विराटनगर । भदाै २२
प्रदेश १ मा गत २४ घण्टामा १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमध्ये यो पहिफाे उच्च संक्रमण हो ।
सामाजिक विकास मन्त्रालयले जनाएअनुसार
- मोरङमा ६७,
- सुनसरीमा ६६,
- झापामा १५ र पाँचथरमा ६ तथा उदयपुरमा १ जनामा संक्रमण देखिइएको छ ।
साेमबार मात्रै विराटनगरमा थप ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २० महिला र ३१ पुरुष छन्।
मोरङ
- रतुवामाईमा ५ पुरुष,
- बेलबारीमा ५ पुरुष,
- जहदामा १ महिला र २ पुरुष तथा धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुनसरी
- इनरुवामा २४ महिला र १८ पुरुष,
- इटहरीमा ५ महिला र १० पुरुष,
- धरानमा ४ पुरुष,
- दुहवीमा २ पुरुष,
- रामधुनीमा १ पुरुष,
- गढीमा १ महिला र १ पुरुष, झापाको कन्काईमा ७ महिला र ६ पुरुष छन् ।
विर्तामोड र बाह्रदशीमा १–१ पुरुष छन् भने पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको हाे।
प्रदेश १ काे कोरोना संक्रमितको संख्या कूल ४ हजार १ सय ७७ पुगेको छ । प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या कूल ४३ पुगेको छ ।
प्रदेशमा सोमबार ५२ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रमा रहेकाे रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ तथा मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । प्रदेशभर डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उपचाररत बिरामीकाे संख्या कूल २ हजार २ सय ८१ रहेकाे छ ।