
झिँगा मार्ने क्रममा फ्रान्सका एक व्यक्तिको घरमा आगो लागेको छ ।
फ्रान्सको दोर्देनस्थित आफ्नै घरमा खाना खाने क्रममा इलेक्ट्रोनिक र्याकेट प्रयोग गरी झिँगा मार्ने क्रममा ८० वर्षीय वृद्धको घर जलेको हो ।
घरमा ग्यास लिक भइरहेको अवस्थामा र्याकेट चलाउँदा सिलिन्डर विस्फोट भई घरको भान्सा र छतमा क्षति पुगेको छ भने वृद्धको हातसमेत पोलेको छ ।