Logo

रुखको हाँगाले लागेर ६ वर्षीय बालकको मृत्यु

                     
Logo 2020-09-07 03:09     अभिमन्यु अभिजित

13

सांकेतिक तस्वीर

विराटनगर । भदाै २२

मोरङकाे धनपालथान गाउँपालिकामा रुखको हाँगाले लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । मोरङ धनपालथान–३ चेकाटोल बस्ने विजय ऋषिदेवका ६ वर्षीय छोरा वसिकरण ऋषिदेवको रुखको हाँगाले लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

सोमबार दिउँसो १२ बजेतिर मृतक बालकका काका सुनिल ऋषिदेवले जंगलबाट रुखको हाँगा ल्याई घरमा राख्ने क्रममा घरको आँगनमा खेलिरहेका बालकलाई एक्कासी लागेकाे थियाे । घाइते बालककाे उपचारका लागि कर्सिया अस्पताल लगिएकाे थियाे ।

उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । काका सुनिल ऋषिदेव तत्काल फरार रहेकोले उनको खोजी भइरहेको  प्रहरीले जनाएकाे छ।


लोकप्रिय छुटाउनुभयो कि ?