
कोरोना भाइरसको संक्रमण तिव्र बन्दै गएपछि भारत संक्रमितको संख्याका आधारमा विश्वकै दोस्रो स्थानमा आइपुगेको छ ।



आइतबार बिहानसम्म ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको थियो ।
पहिलो स्थानमा रहेको अमेरिकामा समेत संक्रमणको दर घटिरहेको अवस्थामा भारतमा भने संक्रमण बढ्दै गएको छ ।
६४ लाख ५८ हजार नौ सय ६ जना संक्रमित रहेको अमेरिकामा चौबीस घण्टाभित्र २९ हजार सात सय ६६ जना संक्रमित थपिएका छन् ।
सुरुका दिनमा दैनिक ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेकोमा अहिले अमेरिकामा संक्रमण दर घटेको हो ।
भारतमा भने हालसम्म ४२ लाख ९१ हजार सात सय २३ जना संक्रमित रहेका छन् । पछिल्लो चौबीस घण्टामा मात्र ९१ हजार सात सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।
एकैदिन आठ जनाले ज्यान गुमाएको भारतमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७१ हजार ६ सय ८७ जना रहेको छ ।
भारतमा हालसम्म ३४ लाख ४७ हजार दुई सय ९७ जना संक्रमित निको भएका छन् भने हाल सक्रिय रहेका आठ लाख ८३ हजार पाँच सय ७८ जनामध्ये आठ हजार नौ सय ४४ जना गम्भीर प्रकृतिका बिरामी रहेका छन् ।
अमेरिकामा हालसम्म ९३ हजार दुई सय १४ जनाको मृत्यु भएको छ भने ३७ लाख २४ हजार पाँच सय ६१ जना निको भएका छन्।
हाल २५ लाख ४१ हजार एक सय ३१ संक्रमितको उपचार भइरहेकोमा १४ हजार ६ सय ८७ जनामा गम्भीर लक्षण देखिएको छ ।
तेश्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो चौबीस घण्टामा १४ हजार ६ सय ६ जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या ४१ लाख ३७ हजार ६ सय ६ पुगेको छ।
ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या एक लाख २६ हजार ६ सय ८६ पुगेको छ । ब्राजिलमा ३३ लाख १७ हजार दुई सय २७ जना संक्रमित निको भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या ६ लाख ९३ हजार ६ सय ९३ रहेको छ ।
त्यहाँ आठ हजार तीन सय १८ जनामा गम्भीर लक्षण देखिएको छ ।विश्वमा हालसम्म पुष्टि भएका दुई करोड ७२ लाख ७५ हजार एक सय ५१ संक्रमितमध्ये आठ लाख ८७ हजार ९४ जनाको मृत्यु भइसकेको छ ।
विश्वका संक्रमितमध्ये एक करोड ९३ लाख ५६ हजार सात सय ६५ संक्रमित निको भएका छन् भने ७० लाख ७१ हजार दुई सय १२ जना उपचाररत रहेका छन् । संक्रमितमध्ये ६० हजार १६ जनामा गम्भीर लक्षण देखिएको छ ।।।