Logo

गाई काटेको आरोपमा एक जना पक्राउ, नौ जनाको खोजी जारी

                     
Logo 2020-09-07 11:09     Hamro Biratnagar

13

प्रतीनिधी मुल्क तस्विर

राष्ट्रिय जनावर गाई काटेको आरोपमा नुवाकोटको तादी गाउँपालिका-३ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तादी गाउँपालिका-१, उर्लेनी बस्ने ३० वर्षीय सुरेशजंग लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीले बताए ।

उनका अनुसार लामालाई घटनास्थलबाटै पक्राउ गरिएकोमा अन्य नौ जना आरोपी फरार रहेकाले खोजी कार्य भइरहेको छ । घटनास्थलबाट प्रहरीले घटनामा प्रयोग भएको घरेलु हतियारसमेत बरामद गरेको छ ।अभियुक्तहरुमाथि मुलुकी फौजदारी संहिता-२०७४ को परिच्छेद २७ बमोजिम पशुपक्षीसम्बन्धि कसुरमा मुद्दा दायर गरिने प्रहरीको भनाइ छ ।


लोकप्रिय छुटाउनुभयो कि ?