
युएस ओपन टेनिस च्याम्पियनसिपबाट सर्वियन खेलाडी नोभाक जोकोभिच बाहिरिएका छन् । जोकोभिचले
बुस्टासँग अंक गुमाएपछि निराश हुँदै लाइन जज तर्फ बल हानेका थिए र उनले हानेको बलले लागेपछि लाइन जज ढलेका थिए ।
लाइन जज ढलिसकेपछि अफिसियलहरुलर छलफल गरी जोकोभिचलाइ प्रतियोगिताबाट डिस्क्वालिफाइट गर्ने निर्णय गरेको भन्दै एक स्टेटमेन्ट जारी गरी जनाएको छ । उक्त प्रतियोगिताबाट डिस्क्वालिफाइट भएसँगै उनले सबै र्याङ्किङ प्वाइन्ट र प्राइज मनी पनि गुमाउने जनाएको छ ।
जोकोभिचले दु:खी भएको र युएस ओपनसँगै सबैसँग माफी माग्न चाहेको भन्दै आफ्नो इन्स्टाग्राम मार्फत जनाएका छन् ।