
क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग जमैका तलावाज ११ रनले पराजित भएको छ ।
पहिले ब्याटिङ गरेको सेन्ट लुसिया जुक्सले निर्धारित २० अोबरमा सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्दा ११ रनले पराजीत हुनपुग्यो ।
जमैकाका लागि सन्दिप लामिछानेले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर १ विकेट लिदै निकै किफायती बलिङ गरेका थिए ।