Logo

विएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

                     
Logo 2020-09-06 06:09     Hamro Biratnagar

13

तस्वीर साभार विएण्डसी अस्पताल

विराटनगर । भदाै २१

विर्तामोडमा रहेको विएण्डसी अस्पतालका १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। उक्त अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार संक्रमण देखिएका सबै जना आइसोलेसनमा ड्युटी गर्दै आएका थिए।

गत १८ गते १४ जनाको अस्पतालबाटै पीसीआर परीक्षणका लागि स्वाब स्वाब नमूना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा १४ जनामध्ये १२ जनाको रिर्पोट पोजिटिभ आएको हो।

गिरीका अनुसार अस्पतालको सबै सेवा सधैँ जस्तै चलिरहेको छ। अस्पताल सुरक्षित रहेपनि विर्तामोड नगरपालिकाले अस्पताल सिलको तयारी गरेको छ।

झापा जिल्लामा आइतबार मात्र एक महिलाको मृत्यु भएको छ भने २५ जनामा कोरोना काेराेना पोजिटिभ देखिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?