
विराटनगर । भदाै २१
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका केही सदस्यमा कोरोना संक्रमण देखिएको छ ।
केही दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल पनि हाल निवासमै क्वारेन्टीनमा बसेका छन् । उनले संचारकर्मीहरूसँगकाे कुराकानीमा आफू क्वारेन्टीनमा बसेको पुष्टि गरेका हुन् ।
मलाई संक्रमण भएको छैन, परिवारको सदस्यलाई संक्रमण भएपछि पनि क्वारेन्टीनमा बसेको मन्त्री ढकालले जानकारी दिए । हाेम क्वारेन्टीनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।