
प्राप्त सूचनाका अाधारमा प्रहरीमा २ हजार १६१ मा संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको पनि प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए । उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ जना सङ्क्रमित छन् । तीमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा ३८९ जना संक्रमित रहेको जनाइएको छ । तिनीहरूमा ३१८ जना उपचारपछि घर फर्किएका र ७१ को उपचार जारी छ ।
प्रहरी प्रधान कार्यालयले दिएको सूचनामा प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, बागमती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदुरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रवक्ता कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेका छन् ।
उनले बताएअनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोरोना संक्रमण बढिरहेको छ ।