
विराटनगर । भदाै २१
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।
भदाै १८ गते अस्पतालमा भर्ना भएकी झापा कन्काई नगरपालिका-३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० : ३० बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा साेही दिन १८ गतेलकोरोना पुष्टि भएको थियो ।
मधुमेहको समस्या भएकी महिलामा निरन्तर कब्जियत, ज्वरो र श्वासप्रश्वा सम्बन्धी समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । तर गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते धरान रिफर भएकी थिइन् ।
परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको थियाे । अवस्था गम्भीर भइसकेकोले भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकाेटाले जनाएका छन् ।