



संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ सेनाका जवान
विराटनगर। भदाै २१
सुनसरी जिल्लाभर गत २४ घण्टामा ६१ जना सैनिकसहति ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
धरान उपमहानगरमा मात्र २ वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ सेनाका जवान रहेका छन् । यस्तै २ वर्षीया बालिका पनि काेही सैनिककै छोरी हुन् । इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवाहरुलाई समेत कोरोना पुष्टि भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैलाई कोरोना पुष्टि भएको हो । धरानका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा एकैदिन यतिधेरै संक्रमण देखिएको पहिलो घटना हो । उनका अनुसार धरानमा मात्र कोरोना संक्रमितको संख्या २ सय ७५ गेको छ ।
साथै इटहरी उपमहानगरपालिकामा ७ जनालाइ कोरानो देखिएको छ । इटहरीमा ५ जना महिला र २ जना पुरुषमा कोरोना देखिएको हो । कूल सुनसरीमा थप ७८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिइन् ।
अहिलेसम्म सुनसरीमा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ८० पुगेको छ । जसमध्ये ४ सय १७ जनाले स्वास्थ्यलाभ गरेका छन् भने ६ जनाको मृत्यु भएको छ ।