
कोरोना बिमाको लाभ प्राप्त गर्न सरकारी ल्याबबाट संक्रमण पुष्टि भएको प्रमाण पेस गर्नुपर्ने गरी सरकारले गरेको निर्णय सच्याउन उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा उद्योगपति शेखर गोल्छाले सरकारसँग आग्रह गरेका छन् ।
सरकारकै स्वीकृतिमा निजी क्षेत्रका ल्याबहरूले परीक्षण सुरु गरेको र ती ल्याबबाट प्राप्त नतिजालाई मान्यता दिएर संक्रमितको गणना गरिरहेको सरकारले बिमा रकम भुक्तानीका लागि भने सरकारी ल्याबको रिपोर्ट माग गर्दा नागरिक मर्कामा पर्ने र बिमाको औचित्यमाथि प्रश्न उठ्ने अध्यक्ष गोल्छाको धारणा छ ।
सरकारले जानाजान बिमा भुक्तानीलाई जटिल बनाउन ल्याएको पछिल्लो मापदण्डको विरोध गर्दै उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
ट्विटरमा उनले लेखेका छन् : 'निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमाप्रतिको विश्वसनीयता पनि घट्छ,कम्पनी, समिति र सरकारले यस समस्याको तुरुन्त समाधान खोजियोस् ।’