Logo

प्रदेश १ मा बर्षाकाे संभावना

                     
Logo 2020-09-06 12:09     Hamro Biratnagar

13

नेपालभन्दा केहि पर दक्षिणतर्फ मनसुनको न्युन चापीय रेखा अवस्थित छ । जसका कारण प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आईतबार

देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
  • प्रदेश नं १,  प्रदेश २, बाग्मती प्रदेश र गण्डकी तथा सुदूरपश्चिम प्रदेशमा आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।

सोमबार

देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार

  • प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?