Logo

आफ्नै घरमा दुई जनाको शव फेला

                     
Logo 2020-09-06 08:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

खोटाङको जन्तेढुङ्गा नगरपालिका-४ को डम्बर्खुरशिवालयमा रहेको समाताङ भन्ने ठाउँमा दुई जना वृद्धवृद्धाको शव फेला परेको छ ।आफ्नै घरमा हत्या गरिएको अवस्थामा दाजु र बहिनीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मृतकहरु ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठ रहेका छन् ।प्रजिअ पौडेलका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाको टोली खटाइएको छ ।

शवको प्रकृति हेर्दा करिब चार दिनअघि हत्या भएको हुनसक्ने प्रनाउ चिमरियाको अनुमान छ ।

घटनास्थल सदरमुकाम दिक्तेलबजारबाट तीस कोसको दूरीमा पर्छ ।शारीरिक अशक्त दाजुको हेरचाह गर्न बसेकी बहिनीसँगै दाजुको हत्या भएको हो । शव पोष्टमार्टमका लागि उदयपुरको गाईघाट लाने तयारी गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?