Logo

लकडाउनले फस्टायो अनलाइन सेयर कारोबार

                     
Logo 2020-09-06 07:09     Hamro Biratnagar

13

लकडाउन र निषेधाज्ञाका कारण अन्य लगानीका क्षेत्र नभएपछि अनलाइन सेयर कारोबारमा वृद्धि भएको छ ।

भौतिक उपस्थिति सम्भव नभएपछि विकल्पका रूपमा अनलाइन माध्यमबाट कारोबार भएको हो । विराटनगरमा पनि अनलाइन कारोबार बढेको छ । लकडाउनयता विराटनगरमा हुने सेयर कारोबारमध्ये ३५ देखि ४० प्रतिशत कारोबार अनलाइनमार्फत् हुन थालेको ब्रोकरहरू बताउँछन् ।

विराटनगरस्थित अग्रवाल अनलाइनका सञ्चालक विनोद अग्रवालका अनुसार यसअघि पाँच प्रतिशतमा सीमित रहेको अनलाइन कारोबार हाल ५० प्रतिशतसम्म पुग्ने गरेको छ ।

अनलाइन कारोबार गर्दा स्वास्थ्य जोखिम कम भएको सेयर कारोबारमा संलग्न मिथिलेशकुमार मिश्रको अनुभव छ ।

लकडाउनका कारण बैंकहरुले ब्याजदर घटाएपछि सेयर कारोबारमा वृद्धि भएको हो ।

अनलाइन कारोबार भएपनि कारोबारपछि चेक आदानप्रदानका लागि बैंक नै पुग्नुपर्ने बाध्यता कम भने हटाउन सकिएको देखिँदैन।


लोकप्रिय छुटाउनुभयो कि ?