
विराटनगर । भदाै २०



खाेटाङकाे जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीय बहिनी गोपीमाया श्रेष्ठको शव हत्या गरी फालिएकाे अवस्थामा भेटिएकाे छ ।
दमजु बहिनीकाे मृत्यु भएको जानकारी आएलपिछ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको छ । घटनास्थल भोजपुरको सिमानामा पर्छ ।
तीन-चार दिन अघि हत्या भएजस्तो देखिएको घटनास्थल पुगेपछि प्रहरी नायव उपरीक्षक चिमरियाले बताएका छन् । उनले भने- ’भदाै १७ गतेसम्म काम गरिरहेकाे छिमेकीले देखेकाे कुरा अाएकाे छ ।’
दिक्तेलदेखि करीब ६० किमी उत्तरमा घटनास्थल रहेकाे छ । गाउँपालिका प्रमुख शङ्करबहादुर राईका अनुसार एकान्तमा घर भएका कारण उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्छ । उनले भने- ’दाजु इन्द्रबहादुर अविवाहित तथा शारीरिक अपाङ्गसमेत हुन् । दाजुकाे हेरचाह गर्न भनी बहिनी केही समय अगाडिदेखि माइतीघरमै बसेकी थिइन् । उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका हुनाले सम्पत्तिको लोभमा हत्या भएको हुनसक्छ ।’
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।