Logo

विराटनगरका २८ सहित प्रदेश १ मा ५४ संक्रमित बढे

                     
Logo 2020-09-05 04:09     Hamro Biratnagar

13

गत २४ घण्टामा विराटनागरका १४ महिला र १४ पुरुषमा संक्रमण देखिएकाे छ । सामाजिक विकास मन्त्रालयले जनाएअनुसार पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला र ६ पु?ष, धरानका ४ महिला र १ पु?ष, झापाको दमकका १ महिला र २ पु?ष छन् । विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पु?ष, इलामको चुलाचुलीका १ पु?ष तथा प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।

शनिबार कोरोनामुक्त भएर प्रदेश १ का १६ जना डिस्चार्ज भएका छन् । उनीहरू कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । कूल डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । याे अन्य दिनका तुलनामा साह्रै कम हाे ।

प्रदेश  १ मा अहिलेसम्म ९७ हजार २२१ जनाको कोरोना परीक्षण गरिएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?