Logo

६० बर्ष पछि पेन्सन वितरण प्रणाली परिवर्तन, अब पेन्सन कति गते ?

                     
Logo 2020-09-05 03:09     Hamro Biratnagar

13

विराटनगर । भदाै २०

नेपाल सरकारले ६० बर्ष पछि बितरण गर्दै आएको निवृतिभरण (पेन्सन) प्रणाली वितरणमा परिवर्तन गरेको छ ।

तलब जस्तै पेन्सन वितरणमा पनि एकै प्रणाली अपनाइएको र वितरण प्रणाली परिवर्तन भएकाले रकम भुक्तानीमा ढिला भएको महालेखा नियन्त्रणको कार्यलयले जनाएको छ ।

महालेखा नियन्त्रक गोपि मैनालीका अनुसार पहिला मानिसले बैंकवाट पैसा लिएर सरकारसँग सोध भर्ना लिने गर्थे र बैंकहरूले महिना सकिएको ५ गते भित्र भुक्तानी दिएर सोधभर्ना प्रक्रिया अघि बढाउने गर्थ्यो । अहिले सरकारले महिना सकिनुभन्दा ५ दिन वा महिनाको २५ गते भुक्तानी दिने प्रणाली विकास गरेको छ । यसका लागि सरकारले सुरुमै बैंकहरूलाइ भुक्तानी दिने छ ।

"हामीले ६० वर्षपछि कम्प्युटरमा आधारित एकाउन्टिङ सिस्टम (सिगास) प्रणाली लागू गरेका छौं, यो प्रणालीले रियल टाइममा कहाँ कुन शीर्षकमा कति खर्च गर्छ सबैको मोनिटर गर्छ। यो प्रणाली साउनबाट सुरु गरेका हौं । कर्मचारी अभ्यस्त नहुँदा केही ढिलाई भएको हो।" महालेखा नियन्त्रक मैनालीले जानकारी दिए ।

पेन्सनका लागि सरकारले चालु वर्षमा ५४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसमा सरकारले मास्केवारी रुपमा ४ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गर्दै आएको छ। अहिले देशभर सेवा निवृत्त भएका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायत २ लाख ८१ जनाले पेन्सन बुझ्दै आएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?