Logo

राेकिएकाे ट्याक्टरमा मोटरसाइकल ठोक्किदा दुइको मृत्यु

                     
Logo 2020-09-05 03:09     Hamro Biratnagar

13

विराटनगर । भदाै २०

सिराहा चौहर्वा सडकखण्ड अन्तर्गत सिराहाको नरहा गाउँपालिका–५ मा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

चोहर्वाबाट सिराहातर्फ जाने क्रममा बिग्रिएर बाटोमा रोकिराखेको ज१त ४३२९ नम्बरको ट्रयाक्टरमा गएराति अन टेष्ट लेखेको मोटरसाइकल आएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका १९ वर्षीय मिथिलेश सदाको उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकोमा उपचारका क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?