
विराटनगर । भदाै २०
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित साानन्य वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ का केही विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएकाे छ ।
विभागले जनाएअनुसार शनिबार राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिराे जाने तथा ढल तराइतिर डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।