Logo

विराटनगरका दुई कोरोना संक्रमित महिलाको मृत्यु

                     
Logo 2020-09-05 02:09     Hamro Biratnagar

13

विराटनगर । भदाै २०

विराटनगरका दुई जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरकाे कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जना महिलाको शुक्रबार मृत्यु भएको हो ।

कोशीमा साँझ ७:३० बजे मृत्यु भएकी महिलाको आज बिहान ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिएका छन् ।

विराटनगर - ४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएकाेमा उनको शुक्रबार साँझ ७:३० बजे मृत्यु भएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६:३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि न्यूरो अस्पतालले  उनलाई यही भदौ १८ गते धरान रेफर गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?