Logo

विपी प्रतिष्ठानमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

                     
Logo 2020-09-05 10:09     Hamro Biratnagar

13

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका -११ की ४३ वर्षीया महिलाको हिजो शुक्रबार साँझ ६:३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।

उनका अनुसार १७ गते कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालबाट प्रतिष्ठान रिफर गरिएकी महिलामा स्वासप्रस्वासको समस्या र पेट र छातिमा समस्या देखिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?