Logo

पाटनको हुलदङ्गामा प्रहरीलाई छेलो हान्ने पत्रकार पक्राउ

                     
Logo 2020-09-04 09:09     Hamro Biratnagar

13

विराटनगर। भदौ १९

बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा प्रहरीमाथि ढुङ्गा हान्ने पत्रकार शुक्रबार पक्राउ परेका छन्। प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनी महालक्ष्मी नगरपालिका १३ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको।

रातो ज्याकेट लगाएर यौटा हातमा केमरा बोकी ढुङ्गा हान्दै गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

पत्रकारितालाई राज्यको चोथो अङ्ग मानिने पवित्र पेशामा आबद्ध व्यक्ति नै यसरी आक्रमणकारीका रूपमा संलग्न रहेको बारे सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?