
विराटनगर । भदाै १९
चितवन मेडिकल कलेजमा आज थप एक महिलाको कोरोनाको कारण मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना संक्रमित महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।
ती महिलाको बिहीबार राति मात्रै डा. शीतल अधिकारी र डा. दयाराम लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
चितवनमा मात्रै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगिसकेको छ ।
https://youtu.be/PF7F_uNBPQ0