
विराटनगर । भदाै १९
शुक्रबार सुनको मूल्य प्रतितोला एक सयले घटेर छापावाल सुन ९६ हजार ४०० कायम छ। बिहीबार छापावाल सुन ९६ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य आज ९५ हजार ९०० कायम भएको छ।
आज चाँदीको मूल्य १३ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो बिहिबारभन्दा ३५ रुपैयाँले कमी हो। बिहिबार चाँदीको मूल्य १३ सय ४५ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
https://youtu.be/PF7F_uNBPQ0