
घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो।
घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली त्यहाँ पुगेको थियाे । शव परीक्षणका लागि गर्न हेटौँडा अस्पताल पठाइएको जनाइएको छ ।
https://youtu.be/PF7F_uNBPQ0