Logo

रातो मच्छिन्द्रनाथको जात्रा निकाल्न दिनुपर्ने काँग्रेस र आदिवासी जनजाति महासंघको माग

                     
Logo 2020-09-04 11:09     Hamro Biratnagar

13

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आदिवासी जनजाति महासंघले रातो मच्छिन्द्रनाथको रथयात्रा स्वास्थ्य सावधानीपूर्वक निकाल्न दिनुपर्ने माग गरेका छन् ।

रथ तान्न गएका युवाहरु र प्रहरीबीच हिजो बिहीबार भएको झडपपछि दुवै संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सरकारी निकाय र जात्रा आयोजकको समन्वयमा जात्रा सम्पन्न गर्न माग गरेको हो ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा "रातो मच्छिन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता र संवादको माध्यमबाट निकास खोज्न अपिल गरिएको छ ।

महासंघका तर्फबाट अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा जात्रामा भएको प्रहरी दमनको विरोध गर्दै घाइतेको निःशुल्क उपचार र पक्राउ परेकाहरुको निसर्त रिहाइको माग गरिएको छ ।

काँग्रेस र महासंघ दुवैले हिजो भएको झडपको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।।।


लोकप्रिय छुटाउनुभयो कि ?