Logo

मन्त्रिपरिषद् बैठकको तयारी: खतिवडा बाहिरिँदै, गौतम भित्रिँदै

                     
Logo 2020-09-04 09:09     Hamro Biratnagar

13

आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकको मूल एजेण्डा नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा स्वीकृत गर्ने रहेका छन् ।

राजिनामापछि अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भएका कार्यहरुको विवरण सार्वजनिक गर्ने तयारी रहेको छ ।

यसैबीच रिक्त हुन गइरहेको अर्थमन्त्री पदका लागि नेकपा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेका साथै राष्ट्रियसभामा जान लागेका गौतमसमेत आकाङ्क्षी रहेका छन् । यद्यपि संवैधानिक प्रावधान गौतमका लागि अनुकूल भने छैन ।।।


लोकप्रिय छुटाउनुभयो कि ?