Logo

गण्डकी प्रदेशमा थपिए ४० जना संक्रमित

                     
Logo 2020-09-04 08:09     Hamro Biratnagar

13

नवलपरासीमा १७ जनासहित गण्डकी प्रदेशभर आज ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार थपिएका संक्रमितमध्ये पोखरामा १६ जना, नवलपरासीमा १७ जना, स्याङ्जामा एक जना,तनहुँमा दुई जना, लमजुङमा तीन जना र बाग्लुङमा एक जना रहेका छन् । पोखराका १६ जनामध्ये सात जना प्रहरी रहेका छन् ।

यससँगै प्रदेशभर संक्रमितको कुल संख्या दुई हजार तीन सय ५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?