Logo

कर चुक्ताको सूचना अब घरबाटै हेर्न सकिने

                     
Logo 2020-09-03 08:09     Hamro Biratnagar

13

आन्तरिक राजस्व विभागले आफ्नो वेवसाइटलाई परिवर्तन गर्दै कुनैपनि कम्पनी तथा फर्मको कर चुक्ताको आधिकारिकता अनलाइन मार्फत हेर्न सकिने बनाएको हो । अब कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत नै हेर्न सकिने भएको छ ।

मंगलबारदेखि परिवर्तन भएको आन्तरिक राजस्व विभागको वेवसाइटमा कुनैपनि कम्पनी तथा फर्मको प्यान नम्बर राखेपछि कर चुक्ता भए नभएको जानकारी लिन सकिन्छ ।

यसको लागि सुरुमा आन्तरिक राजस्व विभागको rajaswa.fcgo.gov.np वेवसाइटमा गएर होमपेजमा नै स्थायी लेखा नम्बरको खोजी र कर चुक्ता खोजीको विवरणमा क्लिक गरेर स्थायी लेखा नम्बर राखेपछि कर चुक्ता प्रमाणपत्रको आधिकारिता हेर्न सकिन्छ ।

कतिपय कम्पनी तथा फर्मले कारोबार गर्नको लागि नक्कली प्रमाणपत्र समेत बनाउने देखिएपछि व्यवसायिक कारोबारमा कर चुक्ताको प्रमाणपत्र समेत अनिवार्य भएकाले यसको आधिकारिता जाँच गर्नका लागि विभागले अनलाइन मार्फत जाँच गर्न सकिने व्यवस्था लागु गरेको हो ।

यसअघि आन्तरिक राजस्व विभागले २० लाखसम्मको कारोबारको कर चुक्ता अनलाइन मार्फत लिन सकिने व्यवस्था लागु गरेको थियो । यस्तै विभाग अन्तर्गत रहेका कर कार्यालयको समेत छुट्टै वेव पोर्टल समेत संचालनमा आएको छ । अब यसको अभ्यासपछि कर प्रशासन चुस्त दुरुस्त रहने र आधिकारिक तथ्यांक आउनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?