
विराटनगर । भदौ १८
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । दिउँसो एक घण्टाको अन्तरालमा सप्तरी राजविराज–७ का ५५ र ५० वर्षीय पुरुषहरूको मृत्यु भएको हो ।
५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए भने ५० वर्षीय संक्रमित पुरुषलाई बिहीबार नै धरान ल्याइएको थियो ।
बिहीबार दिउँसो १ः२० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार दुवै संक्रमितमा दीर्घरोगी थिए । मृतकहरूमा मधुमेहको समस्या थियो ।
https://youtu.be/exOyEG-NueE