
विराटनगर । भदाै १८



काभ्रेपलान्चाेक नमोबुद्ध नगरपालिका–८ दाप्चामा बिहीबार बिहान जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।
साेही ठाउँका सुदर्शन अधिकारीले ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताएका छन् ।
अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
https://youtu.be/exOyEG-NueE