Logo

विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ जना संक्रमित

                     
Logo 2020-09-03 04:09     Hamro Biratnagar

13

विराटनगर । भदाै १८

गएको २४ घण्टामा प्रदेश १ मा९५ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षण गरिएकामध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो परिक्षणमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जनामा कोरोना देखिएको हो ।

याे सँगै विराटनगरमा थप ३३ जनामा संक्रमण देखिएको छ । विराटनगरका कूल १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

साथै मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ४ महिला र १७ पुरुष, इटहरीमा १ महिला र २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिलामा कोरोना देखिएको पनि मन्त्रालयले जनाएकाे छ ।

झापाको कमल गाउँपालिकामा २ महिला र ४ पुरुष, विर्तामोडमा ४ महिला र १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुम जिल्लाकाे म्याङलुङमा  पनि १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या कूल ३ हजार ६८० पुगेको छ । बिहीबार कूल ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आईसोलेसनबाट ११ जना, कालिसदन आईसोेलेसन, विराटनगरबाट ७ जना निकाे भएका छन् । साथै विराट मेडिकल आईसोलेसन केन्द्र बुढीगंगाबाट ६ जना, रुम्झाटार आईसोलेसन केन्द्र ओखलढुङ्गाबाट २, धाईजन आईसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।

गत २४ घण्टामा १ हजार ७९० जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण भएको छ ।

 

https://youtu.be/exOyEG-NueE

 


लोकप्रिय छुटाउनुभयो कि ?