
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरी बीच झडप (भिडियाे सहित )
रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा बिहीबार झडप भएको छ । झडपमा स्थानीयले प्रहरीको मोटरसाइकल जलाएका छन् ।
निषेधाज्ञा उल्लंघन गर्दै बिहानैदेखि प्रदर्शनमा रहेका युवाहरूले ११ बजेपछि जबरजस्ती रथलाई पुल्चोकको मुल सडकमा पुर्याएका थिए।
https://youtu.be/GD8DkcBnhlE