Logo

कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार शाह मृत फेला

                     
Logo 2020-09-03 12:09     Hamro Biratnagar

13

भाद्र १८

बिराटनगर महानगरपालिका वडा नम्बर १३ आश्रम टोल निवासी नरेन्द्र प्रसाद शाह को छोरा कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार शाह मृत अवस्थामा फेला पर्नुभएको छ ।

एसियाकै अब्बल अस्पतालको रुपमा रहेको मेदान्ताको कलेजो प्रत्यारोपण सर्जन रहेका डा. साहको रोवर्टको माध्यमबाट कलेजो प्रत्यारोपण गर्ने चिकित्सकका रुपमा विश्वभर चर्चा चुलिदैं गएको थियो। अन्दाजी ४० वर्षका डा.शाह आज बिहान मृत अवस्थामा फेला पर्नुभएको उहाँ निकट स्रोतले जानकारी दिएको छ ।

२०१६ देखि उहाँ मेदान्तमा कार्यरत हुनुहुन्थ्यो । उहाँको स्थायी घर सिरहा जिल्ला हो भने नेपाल मेडिकल काउन्सिल दर्ता नम्वर ६३१७ रहेको छ । सुसाइड नोट लेखि छतबाट हामफालेर आत्महत्या गरेको भारतीय मेडीयामा खबर छ। तर डा. सुजित का पारिवारिक स्रोतअनुसार सुजीत कुनै पनि हालतमा आत्महत्या गर्ने व्यक्ति नभएको बताए ।

पारिवारिक स्रोतका अनुसार पछिल्लो समय साह र उनकी श्रीमतीबीच दम्पतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले उनलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले पनि उनलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।

मृतक डा. सुजीत बाल्यकाल देखी नै अव्वल विधार्थी थिए । जनकपुरको जानकी आवासीय मा.वि. बाट एस.अल.सि, सेन्ट जेभियर्स कलेज माइतीघरबाट आइ.एस.सि , मणिपाल मेडिकल कलेज पोखराबाट एम.बि.बि.एस , चण्डीगढबाट छात्रवृत्तिमा एम. एस र एम्सबाट कलेजो प्रत्यारोपण सर्जरीमा एम.सि.एच गरेका थिए । डा सुजित मेदान्ता अस्पताल का अव्वल चिकीत्सक मध्ये एक थिए।


लोकप्रिय छुटाउनुभयो कि ?