Logo

करेन्ट लागेर मोरङको रंगेलीमा एक जनाको मृत्यु

                     
Logo 2020-09-03 09:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

विराटनगर, १८ भदौ ।

करेन्ट लागेर मोरङको रंगेली नगरपालिकामा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।

खेतमा पानी पटाउन मटर जोड्दै गर्दा विद्युत सट भई करेन्ट लाग्दा रंगेली नगरपालिका–५ बस्ने ५५ वर्षीय रामप्रसाद मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार मटरमा विद्युत् जोड्ने क्रममा करेन्ट लागेर मण्डलको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?