Logo

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

                     
Logo 2020-09-03 09:09     Hamro Biratnagar

13

चितवनमा उपचाररत थप एक जना काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर- ११ निवासी ४० वर्षीया महिलाको उपचारकै क्रममा बुधबार राति मृत्य भएकाे हाे ।

भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा भर्ना भएकाे चाैथाे दिन भदाै १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमण पुष्टि भएको आठौं दिन बुधबार राति उनको मृत्यु भएको हो ।

यससँगै चितवनमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?