
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । ट्वीटरले नरेन्द्र मोदीको व्यक्तिगत एकाउन्ट ह्याक भएको पुष्टि गरेको छ।
ट्वीटरले एकाउन्ट ह्याक भएको जानकारी पाएलगत्तै त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको छ ।
मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गर्दै लगातार ट्वीट भएको थियो ।
प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु भने अहिले हटाइ सकिएको छ ।
यसअघि अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र टेस्लाका संस्थापक एलन मस्कको एकाउन्ट पनि ह्याक भएको थियो ।
मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको र तत्कालका लागि अरु एकाउन्ट ह्याक भएको बारे जानकारी नरहेको ट्वीटरले जनाएको छ ।