
गत अप्रिलदेखि जुनको अवधिमा भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले खुम्चिएको छ । पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो ।
सोमबार भारतको राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ ।
कार्यालयको वक्तव्यमा
- व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको
- तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले गिरावट आएको ।
- निर्माण क्षेत्रमा ५०.३ प्रतिशतले गिरावट आएको ।
- खनिज उत्खनन २३.३ प्रतिशतमा गिरावट आएको ।
- विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले गिरावट आएको । तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको छ ।
भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो । कोभिड–१९ शुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो ।
https://youtu.be/BFpnJ-Qxiak