
स्वास्थ्य बिग्रिएको भन्दै प्रधानमन्त्री सिन्जो आवेले पदावधि सकिनुभन्दा एक वर्ष अगावै राजिनामा दिएपछि रिक्त रहेको पदका लागि जापानमा निर्वाचनको मिति घोषणा भएको छ ।
सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टीले १४ अक्टोबरभन्दा ६ दिनअघि नै मनोनयन दर्ता सम्पन्न गर्न आफ्ना नेताहरुलाई निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । निर्वाचनपछि गठन हुने सरकारले एक वर्ष काम गर्नेछ ।
https://youtu.be/BFpnJ-Qxiak