
सुनसरीमा आज थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सुनसरीमा संक्रमितको संख्या आठ सय तीस पुगेको छ । संक्रमितमध्ये इटहरीका ५८ जना, धरानका सात जना, इनरुवाका एक जना र भोक्राहाका एक जना रहेको स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङथेपले बताइन् । उनका अनुसार ६० जना पुरुष र सात जना महिलामा आज संक्रमण देखिएको हो ।



हालसम्म संक्रमण पुष्टि भएकामध्ये तीन सय ८५ जना निको भएको र सात जनाको मृत्यु भएपछि हाल जिल्लामा चार सय तीस जना संक्रमितहरू रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।।।