Logo

पेट्रोलको भाउ बढ्यो, प्रतिलिटर १ सय ७ रुपैयाँ कायम

                     
Logo 2020-09-02 11:09     Hamro Biratnagar

13

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि गएराति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ कायम भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि अधिकारीले जानकारी दिए । भारतीय आयल निगमले अक्टोबर महिनाको सुरुदेखि कायम गरेको नयाँ मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको उनको भनाइ छ ।

पेट्रोलबाहेक अन्य पेट्रोलियम पदार्थको मूल्यमा भने कुनै हेरफेर गरिएको छैन ।


लोकप्रिय छुटाउनुभयो कि ?