
विराटनगर, भदौ १७ ।
एक महिलाले इटालीमा उडानकै क्रममा हेलिकप्टरमै सन्तानालाई जन्म दिएकी छन् । गर्भवती रहेकी र निजलाई लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।
बीबीसी अनुसार हेलिकप्टरमै बच्चा जन्माउने निज आप्रवासी रहेको र अवैध रुपमा युरोप प्रवेश गरेका आप्रवासीहरुको उद्धार गरेको पानीजहाजलाई रोकेर त्यसमा रहेका तीन सय ५३ लाई ओराल्न मंगलबार स्वीकृति प्रदान गरिएको थियो ।
निजलाई परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उडिरहेकै हेलिकप्टरमा सन्तान जन्माएकी ती महिलाको पहिचान खुलाइएको छैन । उपचारका लागि नयाँ जन्मिएका सन्तानसहित पालेर्मोको अस्पतालमा भर्ना गरिएको छ ।